Rule 12
सूचना सच्याउन निवेदन दिने
(१) कुनै _सार्वजनिक निकायको जिम्मा, संरक्षण वा नियन्त्रणमा रहेको आफूसँग सम्बन्धित कुनै सूचना गलत भएको वा तथ्यमा आधारित नभएको कारण ऐनको दफा २८ बमोजिम त्यस्तो सूचना सुधार गरी सच्याउन चाहने व्यक्तिले सम्बन्धित सार्वजनिक निकायमा अनुसूची-३ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको निवेदन साथ ऐनको दफा रद को उपदफा (२) बमोजिम आफूले दाबी गरेको तथ्य वा विवरण पुष्टि वा प्रमाणित गर्ने प्रमाण समेत संलग्न गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएमा सम्बन्धित सार्वजनिक निकायको प्रमुखले त्यस्तो सूचनाको आधारमा निवेदकले कुनै लाभ, फाइदा वा सुबिधा लिए वा नलिएको र पेश भएका तथ्य वा प्रमाणको आधारमा निवेदकसँग सम्बन्धित सूचना गलत वा तथ्यमा आधारित भए नभएको सम्बन्धमा आवश्यक छानबिन गर्नु वा गराउनु पर्नेछ।